निर्देशक तथा संचारकर्मी होम धितालको म्युजिक भिडियो सार्वजनिक

२०७५, जेष्ठ १९ :   धिताल फिल्मसको कार्यलय गङगबुको बानियाँटार काठमाण्डौमा आज एक कार्यक्रमका बीच उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो।धिताल फिल्मसको आफ्नै अफिसियल युट्युब च्यानल बाट बजारमा सार्वजनिक भएको गीतको नामकरण भने “रुखो बोली”राखिएको छ।प्रेम लामिछानेको लय तथा स्वर रहेको यस एल्बममा शब्द भने शिव भट्टराईको रहेको छ।त्यस्तै धिताल फिल्मसका रोशन धितालको उत्कृष्ट सम्पादन रहेको यस म्युजिक भिडियोलाई होम धितालकै निर्देशनमा मरुभूमि नारायणले छयान्कन गर्नुभएको हो। पछिल्लो समयमा कुशल टेलिभिजन कार्यक्रम प्रस्तोता,गायक तथा मोडलको रुपमा समेत चर्चा बटुलीसक्नु भएका होम धिताल आफैमा एक बहुप्रतिभाशाली ब्यतित्वको रूपमा आफ्नो छुट्टै पहिचान बनाईसक्नुभएको छ।सयौं म्युजिक भिडियो निर्देशन,गायन तथा अभिनय गरिसक्नुभएका होम धितालको यस भिडियोमा सगुन शाही सगको जोडीलाई दर्शक श्रोताले कतिको रुचाउने हुन हेर्न बाकी छ।

 

Spread the love