नाकाबन्दी मानवता विरुद्धको अपराध हो – कृष्ण पहाडी

Modi-and-krishna-Pahadi copy

१२ असोज, काठमाडौं – ‘सत्यका लागि आग्रह गर्ने सत्याग्हरीहरुको म छ, अघोषित, घोषित जे भनिएपनि यो भारत सिर्जित नाकाबन्दी हो । मानवअधिकार तथा शान्ति समानका संस्थापक सभापति पहाडीले मोदीलाई सम्बोधन गर्दै लेखेको पत्रमा नेपालमा अहिले नाकाबन्दीको अवस्था रहेको र यो भारतद्वारा सिर्जित नाकाबन्दी भएको बताएका छन् । मानवअधिकारकर्मी कृष्ण पहाडीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नाकाबन्दी मानवता विरुद्धको अपराध भएको भन्दै तत्काल अन्य गर्न आग्रह गरेका छन् । ‘भारत सिर्जित नाकाबन्दी कारण मानवताविरुद्ध अपरोध भएको छ भनेर महामहिमलाई दुःखका साथ स्मरण गराउँछु ।’ ‘नाकावन्दीको अपि्रय स्थिति तत्काल अन्त्य हुनुपर्छ र त्यस दिशामा कदम चाल्न महामहिमले ढिलो गर्नुहुँदैन भन्ने मेरो दृढता छ ।’  एउटा स्वतन्त्र देश नेपालसँग अर्को स्वतन्त्र देश भारतले मर्यादा नाघेको र यसले नेपाल र भारतको सम्वन्धलाई चिरा पार्न थालेको  पहाडले बताए ।

Spread the love