मोबाईल प्रणाम्

  • राजेन्द्र कार्की

आमाले छुँदा बाउ तर्सने

बाउले छुँदा गाली बर्सने

भाउजु  सुत्दा दाजु उठ्ने

दाजु सुत्दा भाउजु उठ्ने

मोबाईल प्रणाम् ।

———————–

ओच्छ्यानमा छोरी

बिदेशमा ज्वाँई

हावामा चुम्बन

हावामा आलिंगन

नाति जन्मिदा

ज्वाँई पासोमा

मोबाईल प्रणाम् ।

———————–

घरमा पाहुना

सोफा खाली

कुनामा खित्का

बाथरूममा पप्

टेबल मुनि टिक-टक

गलैचामा फेसबुक

मोबाईल प्रणाम्

———————

एउटाको मृत्यू

अर्कोको युटूब

माग्नेको आँशु

भिडीयोको ब्यापार

मोबाईल प्रणाम्।

———————

सम्पर्क समाज

बेद थन्कियो

नेपाली बिर्सियो

भजन बिलायो

छोरी चर्चमा

छोरो कन्सर्टमा

बाउ नमाजमा

मोबाईल प्रणाम् ।

Spread the love