राष्ट्रपति भण्डारीकी मितिनी पोखराको उपमेयरमा

पोखरा : राष्ट्रपति भण्डारीकी मितिनी पोखराको उपमेयरमा निर्वाचित भएकी छन्। मञ्जुदेवी गुरुङ पोखराको उपमेयरमा फेरि निर्वाचित भएकी छन्। प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै एमाले उम्मेदवार गुरुङ उपमेयर निर्वाचित भएकी हुन्।  मञ्जुदेवी यसअघि पनि उपमेयर थिइन्। २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसकी सरस्वती गुरुङलाई पराजित गरेर मञ्जुदेवी उपमेयर निर्वाचित भएकी थिइन्।

 

 

Spread the love