कर्मचारी अभावमा मालपोतको काम प्रभावित

सिरहा : कर्मचारी अभावमा सिरहास्थित मालपोत कार्यालयको कामकाज प्रभावित हुँदा सेवाग्राही मर्कामा परेका छन् । मालपोत कार्यालय सिरहामा प्रमुख मालपोत अधिकृत एक, मालपोत अधिकृत दुई, लेखा अधिकृत एक, नायबसुब्बा ११, खरिदार नौ, सहलेखापाल एक, करार अस्थायी दुई, सवारीचालक एक, श्रेणीविहीन १० गरी ३८ जनाको दरबन्दी रहे पनि हाल मालपोत अधिकृतसहित १७ जना मात्र कार्यरत रहेकोमा   दैनिक कामकाज प्रभावित हुनुको साथै मोठ फाँटलगयतका महत्वपूर्ण फाँटसमेत बन्द रहँदै आएको छ । कर्मचारी अभावका कारण एउटै कर्मचारीलाई दुईदेखि तीन फाँटसम्म हेर्ने गरी जिम्मेवारी तोकिएको छ । चिसो हावाका कारण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढ्न थालेका छन् । सिरहा सदरमुकामस्थित जिल्ला अस्पताल, लहान अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निकै बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

Spread the love