महिला लघुवित्तको नतिजा हेर्न अझै लगानीकर्ताले पाएन

 महिला लघुवित्तको नतिजा हेर्न अझै लगानकर्ताले पाएका छैनन्। नतिजा हेर्न मिल्ने तीन वेबसाइटमध्ये दुई साइट खुल्दै नखुलेपछि सर्वसाधारणले नतिजा हेर्न नपाएका हुन्। बिक्री प्रबन्धक र कम्पनी दुबैका साइट खुलेका छैनन् भने  मेरो शेयरले पनि दुख दिँदै आएको छ।

कम्पनीमा आवेदन दिने १५ लाखभन्दा बढी लगानीकर्ताले एकै पटक साइट भिजिट गरेपछि ती साइटमा ट्राफिक लोड परेको छ। जसको कारण ती वेबसाइटले काम गर्न छाडेको छ।  सीमित भिजिटर आउने अनुमानका साथ डिजाइन गरिएका वेबसाइटमा एकै पटक १० औँ लाख मानिस ओइरिएपछि साइटले भार थाम्न सकिरहेको  छैनन्।

 

Spread the love