‘लकडाउन’ सात दिन लम्बियो – राहत घोषणा

काठमाडौं :  आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले थप सात दिन ‘लकडाउन’ गर्ने भएको छ। चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो। बैठकले १८ गतेपछि सात दिन लकडाउन थप्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार एवं अर्थमन्त्री डा. युवराज खतिवडाले  जानकारी दिए । सरकारले यसअघि आइतबारको मन्त्रिपरिषद्यो निर्णयसँगै चैत २५ गते राति १२ बजेसम्म लकडाउन हुने भएको छ।
राहत र सहुलियतमा मजदुरदेखि वृद्धवृद्धासम्म र इमेल इन्टरनेटदेखि विजुलीसम्म रहेको छ । साँझ ५ बजेपछि बसेको मन्त्रिपरिषद् बैठक राति ९ बजेसम्म चलेको छ । 

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो ।
खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय भएको छ । जसअनुसार मासिक १५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकको विद्युत महसुलमा २५ प्रतिशत छुट पाउनेछन् ।

नेपालमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोराना भाइरसको संक्रमण पाँचजनामा देखिएको छ। समितिले अन्तर्राष्ट्रिय उडान २०७७ वैशाख ३ गतेसम्म रोक्नेदेखि विदेशबाट फर्किएर सम्पर्कमा नआउने, क्वारेन्टिनमा नबस्नेलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार कैद सजाय गर्नेसम्मका निर्णय गरेको हो।

त्यसैगरी बैठकले भारतीय सीमा क्षेत्रमा रहेका नेपालीको अझै वोर्डरमा रहेको सूचना रहेकोले स्थानीय तहलाई निवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन निर्देशन दिने निर्णयसमेत गरेको छ। सँगै विदेशमा रहेका विद्यार्थीका सवालमा सम्बन्धित विद्यार्थीका अभिभावकमार्फत नेपाल राष्ट« बैंकले खर्च पठाउनसक्ने व्यवस्था गर्ने विषयमा समेत निर्णय भएको छ।  

Spread the love