क्षेत्रगत रूपमा लकडाउनलाई खुकुलो पार्न सिफारिस

कोभिड-१९ निगरानी तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समन्वय समितिले अझै २० दिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्न सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव नारायण बिडारीले बीबीसीलाई बताएका छन्। “मे १५ तारिख (जेठ २) सम्म उडानहरू बन्द नै राख्नुपर्छ भन्ने निष्कर्ष समितिले निकालेको छ,” लकडाउनको अहिलेसम्मको अवस्था र देशका विभिन्न स्थानमा सङ्क्रमणको अवस्था कस्तो छ भन्नेबारे समितिमा विश्लेषण भएको बताइएको छ। लकडाउनको समयावधि सोमवार सकिन लागेका छ। समितिले लकडाउन जारी राख्दै क्षेत्रविशेषमा अहिले लगाइएको प्रतिबन्ध केही खुकुलो पार्न सकिने निष्कर्ष निकालेको हो।

Spread the love