क्षमता छ भने भीरमा उम्रेको वरले पनि विशाल छाया दिनसक्छ – हरिहर भण्डारी

दिपक न्यौपाने, काठमाडौ : क्षमता छ भने भीरमा उम्रेको वरले पनि विशाल छाया दिनसक्छ । आफ्नो वरिपरिको परिचय दिनसक्छ । वरको बोटमुन्तिरको घर भनेर अरुले पनि उसकै माध्यमबाट आफूलाई चिनाउन थाल्छन् । व्यक्ति लोकप्रसिद्ध बन्छ । प्रकृतिले हरेक व्यक्तिमा कुनै न कुनै क्षमता दिएकै हुन्छ त्यो चिनेर कर्मक्षेत्रमा लागिरहनेले यस्तो उचाइ पाउनसक्छन् । देशलाई केही दिनसक्छन् । यस्तै उदाहरण र प्रेरणाका एक पात्र हुन् हरिहर भण्डारी ।

उनी काभ्रेको पनौतीमा जन्मेका हुन् । उनको जन्मघरमा सरसम्पत्ति प्रशस्त नभए पनि जन्मथलोको प्रकृति सम्पन्न थियो । खेतबारीको हरियाली थियो। खोलामा निर्मल जल बगेको थियो । डाडाकाडामा हरियो वन थियो । रमाउन,पौडीखेल्न,दौडिन फराक जमिन थियो । आत्माका लागि उघार थियो । आजको मण्टेश्वरी शिक्षा घरघरै थियो । रमाइलो खोज्न अन्त जानुपर्दैनथ्यो । प्राकृतिक पार्कका बीचमा घर थियो ।  बुबा इन्द्र भण्डारी र आमा मखनदेवीको कोखबाट वि स.२०३६ मा जन्मेका भण्डारीले  उनले जीवनयापन गर्न र आर्थिक उपार्जनका लागि अनेक काम गरे ।

माता पिता संग हरिहर भण्डारी
माता पितासंग हरिहर भण्डारी

 २०५७ सालमा निजीक्षेत्रबाट नेपालमा इण्टरनेटको सेवा प्रदान गर्ने संस्था वल्र्डलिंक आयो । तत्पश्चात त्यस्तै सेवा दिने संस्था हिमालयन अनलाइन सर्भिस एचओएनएस,हंसको स्थापना भयो ।

नेपालमा हाल संचालन भएका इन्टरनेट सेवा मध्ये ज्यादै लोक प्रिय तथा प्रभाबकारी इन्टरनेट सेवा प्रदान गर्न सफल हिमालयन अनलाई सर्भिस ग्रहकहरु माझ लोक प्रिय बन्दै गईरहेको छ । हाल आफ्नो सेवामा फाइवर इन्टरनेट तथा टेलिभिजन सेवा बिस्तार गदै आएको ह्न्स इन्टरनेटले Fiber Internet नेपालभर सेवा बिस्तार गर्ने लक्ष लिएको कुरा दि पावार न्युजडट कमलाई जनाकारी गराएको छ ।Himalayan online services hons

अत्यन्तै मिलनसार, बौदिकताका धनी हरिहर भण्डारी हरेक दिन नयाँ काम गर्न रुचाउने मेहनती साथै आफ्ना सबै साथी संगीहरुलाई अगाडीबड्न हौशाल दिने व्यतिका रुपमा सबैले रुचाएका छन् ।   व्यवसायम मात्र नभएर सेवा दिने भाबना राख्नुपर्छ भन्ने भण्डारी समाज परिवर्तनकालागी युवा शतिm अगाडीबड्न पर्ने कुरामा जोड दिन्छन् ।

देशैभर इण्टरनेट सेवा प्रदान गर्दै आएको हंसले रामेछापको बेथानमा विशेषसेवा पु¥याएको छ । अरु संस्थाले सेवा नुपु¥याएको बेथानमा हंसको सुविधा हेर्नलायक छ । दुर्गमक्षेत्रमा दूरसञ्चारको सेवा पु¥याएको हंसले राष्ट्रलाई प्राविधिक रुपमा सहयोग गरेको छ । हंसले गरेको सेवा विस्तारले गर्दा देशैभरका जनताले इण्टरनेटको सुविधा पाएका छन् । मुलुकवासी यो सञ्चार सुविधाले गर्दा आपसमा जुटेका छन् । भण्डारी सामाजिकक्षेत्रमा पनि सम्लग्न छन् । उनी थुपै्र सामाजीक संगसस्थाहरुमा अबाद्द भएका छन् तथा संमानीत व्यतिm पनि बन्न सफल छन् । उनी नेपाल रेडक्रस सोसाइटीमा पनि आबद्ध छन् ।

 

 रेडक्रस सोसाइटीमा  कार्यक्रममा सहभागीहुदै
रेडक्रस सोसाइटीमा कार्यक्रममा सहभागीहुदै
बौदिक स्रोत परिचालन केन्द्रले सम्मान गर्दाको दृश्य
बौदिक स्रोत परिचालन केन्द्रले सम्मान गर्दाको दृश्य

बौद्धिक समाजका उपाध्यक्ष भई काम गरेका छन् । यस्ता कैयौं सामाजिक संघसंस्थाबाट उनी सम्मानित पनि भएका छन् । पढ्ने अवसर नपाएर कम पढेका भए पनि भण्डारीले देशको सेवा भने कम गरेका छैनन् । राज्यबाट सामान्य रुपमा शिक्षा लिएको व्यक्तिले त यो रुपमा देशसेवा गर्ने सामथ्र्य राख्छ । राजश्व बुझाएर राज्यसञ्चालनमा सहयोग गर्छ । मुलुकलाई आर्थिक आड दिन्छ । निजीक्षेत्रबाट यो योगदान गर्छ । राज्यले छात्रवृत्ति दिई पढाएका व्यक्ति पनि यस्तै कर्मयोद्धा,उद्योगी र देश सहयोगी भइदिए भने यो मुलुक कतिमाथि पुग्थ्यो होला । कति समृद्ध हुन्थ्यो होला । कसैको सफलता कसैका लागि मीठो कल्पना हुँदो रहेछ ।

Spread the love