कोटेश्वरको जाम अन्त्य गर्न सुरूङ मार्ग बनाउने 

काठमाडौँ, १२ मंसिर : कोटेश्वरबाट भक्तपुर जाने बाटोमा सुरूङ मार्ग बनाउन  सुरूङ मार्ग बनाइने भएको छ । नेकपा नेता पूर्वमन्त्री महेश बस्नेतको अथक प्रयासमा सडक बिभागले निर्माण प्रक्रिया थालेको छ। सडक विभागको विकास सहायता समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले एक महिनापछि सुरूङको अध्ययन गर्ने जानकारी दिएका छन् । ५ ठाउँमा सदक ट्राफिक बत्ति राख्ने र जडिबुटी, लोकन्थली, कशौलटार, ठिमी लगाएत ठाउँमा दुई तल्ले सर्भिस ट्र्याक बनाउने, जडिबुटीको टंक प्रासाद आचार्यको सालिकसम्म र ठिमी क्षेयारोग अस्पताल एरियामा सर्भिस ट्र्याक निर्माण गर्ने,  र निर्मणाधिन राधे राधेको हनुमन्ते पुल र लोकन्थलिको मनोहरा पुल निर्माणलाई तिब्रता दिने निर्णय भएको थियो। कहाँदेखि कहाँसम्म बनाउने टुंगो लाग्छ । तिनकुने हुँदै बालकुमारी निकाल्ने गरी बनाउने सम्भावना छ । मनोहरा खोलामा अस्थायी पुल बनाइने छ भने मोटरसाइकलका लागि नयाँ सर्भिस ट्र्याक पनि खोलिने छ ।

Spread the love