समयमै धान रोप्न पाइएन भने फल लाग्दैन – खडेरीले बीउ मर्न थाल्यो

बुटवल :  ‘समयमै धान रोप्न पाइएन भने फल लाग्दैन, रुपन्देहीको छेवैको खेतमा बुङबुङ्ती धुलो उडेको छ। मध्यअसारमा रोपाइँ सकेर हिलो पखाल्ने यस वर्ष असार १५ सम्म १० प्रतिशत पनि रोपाइँ हुन सकेको छैन। साता दिनअघि जोताएर रोप्न तयारी गरेको खेतमा पानी छैन। आकाशमा बादल मडारिँदा पानी नै नपरी बादल हराउँछ ।
प्रदेश ५ को करिब साढे ७ लाख हेक्टर जमिनमध्ये बर्खामा करिब ४० प्रतिशतमा मात्रै सिँचाइ सुविधा छ। धान रोप्न ६० प्रतिशत क्षेत्रमा आकाशे पानीको भर पर्नुपरेको छ। ब्याडमा राखेको बीउ जोगाउनै कठिन छ। ‘कुलो नहुँदा बर्सेनि यस्तै हैरानी छ।’ पप्पबाट तान्न सडक छेउको घोलामा पानी जम्नै पर्छ। अहिले ती घोला नै सुकेका छन्।

Spread the love