प्रधानमन्‍त्री ओली मनमोहन सेन्‍टरमा

काठमाडौं : प्रधानमन्त्री केपी ओली अस्वस्थ्य भएपछि मनमोहन सेन्‍टरमा भर्ना भएका छन्।
अहिले प्रधानमन्त्री ओलीको सेन्टरको क्याथ ल्याबमा स्वास्थ्य परीक्षणका लागी मनमोहन सेन्‍टरमा भएका छन्। प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआइसकेका कारण असहज महसुस भए मात्र डायलासिस गरिँदै आएको थियो मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन्। ०६४ सालमा ओलीको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि उनले औषधि सेवन गर्दै आएका छन्। गत १८ साउन र ५ भदौमा सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको थियो। प्लाज्माफेरेसिस पद्धतिबाट शरीरमा बढेको एन्टिबडी नष्ट गरिएको थियो।

Spread the love