जोर-बिजोरले ४ दिन सास्ती

१३ मंसिर, काठमाडौं  : सम्मेलनमा आउने विदेशी पाहुनाको सवारी सुरक्षित र व्यवस्थित गर्न भनेर सरकारले आजदेखि चार दिनसम्मका लागि काठमाडौं उपत्याकामा चल्ने सवारीमा जोर बिजोर प्रणाली लागू गरेको हाे ।

बिहीबार बिजोर नम्बर प्लेटका सवारी चलेका छन् । सरकारले एक गैरसरकारी संस्थाले गर्न लागेको कार्यक्रमका लागि आउने विदेशी पाहुनाको आवागमनलाई लक्षित गरी सवारी सञ्चालनमा जोर बिजोर प्रणाली लगाएको छ ।  घन्टौं कुर्दा पनि गाडी नपाएपछि यात्रुहरुले सरकारको जोर-बिजोर लगाउने कदमको आलोचना गरेका छन् । जोर बिजोर प्रणलीले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले दैनिक दिनु पर्ने सेवा पनि प्रभाबित पारेको छ । ‘विवादित’ सम्मेलनका लागि सडक नै खाली गराउन लागिएकाे भन्दै सरकारविरुद्ध सर्वसाधारण अाक्राेशित छन् । 

अन्तिम अंक जोर भएका सबै सवारीलाई रोकिएको छ । तीनकुनेसम्म जाने बस पनि पुरै भरिएर आएको छ ।  ट्याक्सी चढौं भन्दा ट्याक्सी मिटरमा  मर्कामा परेका यात्रुलाई हिजो अस्ति लिनेभन्दा दोब्बर भाडा उठाइरहेका छन्  । निजी सवारी धनी पनि सार्वजनिक सवारी चढ्न बाध्य छन् । यसले गर्दा सार्वजनिक सवारीमा उच्च चाप छ । सरकारले यसको व्यवस्थापनका लागि कुनै पहल र प्रयास गरेको छैन ।

Spread the love