जर्मनीका अर्थ राज्यमन्त्री थोमस साफरद्वारा आत्महत्या

बर्लिन : र्मन चान्सलर एन्जेला मर्केलको क्रिस्टियन अर्थ राज्यमन्त्री थोमस साफरले आत्महत्या गर्नु भएको छ । प्रान्तीय गभर्नर भोल्कर बोउफियरका अनुसार ५४ वर्षीय थोमसको शव फ्रान्कफर्ट नजिकैको होखेमस्थित रेलवे ट्राकमा फेला परेको थियो । प्रहरी र अभियोजन अधिकारीहरुले प्रारम्भिक अनुसन्धानबाट थोमसले आत्महत्या गरेको निष्कर्ष निकालिएको बताएका छन् ।
कोरोनाभाइरसबाट उत्पन्न आर्थिक संकटका कारण उहाँ केही समयदेखि निकै चिन्ता व्यक्त गरिरहेको प्रान्तीय गभर्नरले बताउनु भएको छ ।
सार्वजनिक जीवनमा परेको असर न्यून गर्न जर्मनीको संघीय र प्रान्तीय सरकारहरुले ठूलै आर्थिक प्याकेज घोषणा गरेका छन् । जर्मनीमा कोरोनाभाइरसका कारण ६२ हजारभन्दा बढी मानिस संक्रमित हुनुका साथै करिब ६०० व्यक्तिको मृत्यु भइसकेको छ ।

Spread the love