कञ्चनपुरमा भारतीय एसएसबीको दादागीरी 

कञ्चनपुर  : कञ्चनपुरमा भारतीय   छिरेरठाडो जवाफ दिएका छन् नेपालको  ३८ नम्बर  पिलर नजिकहुल-हुज्जतसहितप्रवेश गरेर बेलौरी नगरपालिका -८ स्थित ३८ नम्बर पिल्लरसहितको करिब १२ सय मिटर नेपाली भुभागलाई स्ट्रिप नक्साका आधारमा भारतले आफ्नो दाबी गर्दै एसएसबीकाे हतियारधारी जत्था नेपाल प्रवेश गराएको छ । सडक निर्माण कार्यलाई अवरोध गर्दै  बिहीबार साँझ हातहतियार सहित भारतीय एसएसबी सहितको टोलीले दादागिरी देखाएको हो । विवाद स्थलमा नेपालका तर्फबाट सशस्त्र प्रहरीका डिएसपी गंगा दत्त पन्त, नेकपाका नेता एवम् अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लव राज भट्ट, काँँग्रेस क्षेत्रीय सभापति गाेपी उपाध्याय सहित सयौं सिमानी जनता सिमामा पुगेका थिए । 

‘भारतले दुई देशबीच सम्झौता नभएको स्ट्रिप नक्सा ल्याएर एकतर्फी रुपमा दावी गरिरहेको छ ।’ नेपाल भारत संयुक्त सीमा सर्वे टोलीले वि सं २०५८ देखि २०६३ सम्म कञ्चनपुर जिल्लाको स्ट्रिप नक्सा तयार गरेको थियो । उहाँका अनुसार नेपालमा आन्तरिक द्वन्दका कारण सीमा क्षेत्रमा सुरक्षा नभएको वहानामा नेपाली नापी टोलीले भारततिर भारतीय टोलीसँगै बसेर एकतर्फी रुपमा उनीहरुको दाबी अनुसार स्ट्रिप नक्सा तयार गर्यो । जुन नक्सा अनुसार नेपालको ठूलो भू-भाग भारततिर पर्ने भएको छ । नेपाली भूमि एक इञ्च पनि मिच्न नदिने र भारतीय जमिन १ इञ्च पनि नलिने उखु किसान हकहित संरक्षण समितिको भनाइ छ ।

 

Spread the love