भरतलाई चीनले दियो झड्का – नेपालमा सामग्री पठाउने चीनको तयारी

rasuwa

काठमाडौं, ११ असोज –  नेपाल-चीन सीमा नाका रसुवागढीबाट यसैहप्तादेखि राजधानी काठमाडौंमा चिनियाँ सामाग्री पठाउने घोषणासँगै भारतलाई ठूलो झट्का लागेको हो । यसले भारतको व्यापारमा समेत घाटा हुने देखिएको छ । रसुवागढी नाकाबाट यसै हप्तादेखि चिनियाँ सामान काठमाडौं आउने नाकाबन्दी गरेर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको भारतलाई छिमेकी देश चीनले ठूलो झट्का दिएको छ ।
त्यसका लागि रसुवागढी नाका खोल्न नेपाल र चीनबीच सहमति भइसकेको छ । भने, नेपालतर्फ सम्पूर्ण तयारी पूरा भएको छ । अब चीनले आफ्नो भूभागमा पर्ने बाटोमा रहेको पहिरो तीन दिनमा हटाउने जनाइसकेको छ । यता रसुवागढी भन्सार कार्यालय पनि चीनबाट सामान आए जाँच पास गर्न तयारी अवस्थामा छ । भन्सार प्रमुख केदार पनेरुले चीनले जति सामान पठाए पनि जाँचपास गर्न सक्ने अवस्थामा आफूहरु रहेको बताए । ‘नेपालतर्फ अब कुनै समस्या छैन, बाटोमा भएका समस्या पनि समाधान गरेका छौं । चीनले जति गाडी पठाए पनि काम गर्न सक्ने अवस्थामा अब भन्सार कार्यालय छ । सामान आए काठमाडौं पठाउन सक्छौं.

Spread the love