रङहरुको पर्व फागुपूर्णिमा (होली)

१५ चैत, काठमाडौं :  र सरकारी आग्रह र कोरोना महामारी फैलिने सम्भावनालाई बेवास्ता गर्दै ठूलो संख्यामा मानिसहरु होली खेल्न बसन्तपुर पुगेका छन् । रङहरुको पर्व फागुपूर्णिमा (होली) आइतबार नेपालको पहाडी जिल्लामा हर्षोल्लासपूर्वक मनाइएको छ । मधेशका जिल्लामा भने भाेलि सोमबार मनाइनेछ । सरकारले होलीमा सार्वजनिक विदा पनि दिएकाले घरमा परिवारसँग र घरबाहिर साथीहरुसँग आपसमा रङ दलेर होलीको खुशियाली साटासाट गर्ने धेरै छन् । काठमाडौं उपत्यकाका मुख्य चोकहरुमा ठूलो संख्यामा होली खेल्ने मानिसहरु छन् ।

Spread the love