राहात बितरण गर्दा नथाकेकी हिरा पण्डे – कोभिड १९ अवार्डबाट सम्मानित 

२२ साउन, काठमाडौं  कोरोना महामारीको यो विश्व संकटमा हिरा पाण्डे  एक सामाजिक अभियन्ता दिनरात नभनिकन अनेक व्यक्तिहरुसँग सहयोग जुटाउँदै कोरोनाको महामारीबाट समस्यामा परेकाहरुलाई दैनिक रुपमा सहयोग खाद्य सामग्री उपलब्ध गराउँदै आउनुभएको छ  । यो विषम परिस्थितिमा राहत वितरण गर्दै आउनुभएका सामाजिक अभियान्ता हिरा पाण्डे हाल  दैनिक रुपमा राहत वितरणमा संलग्न हुनुहुन्छ  । धार्मिक भावना बोकेर हिँड्नु भएकी पाण्डे  आफुले सकेको सहयोग गर्दै भगवानको नाम उच्चारण गर्दै भगवानको प्रसादको रुपमा सहयोग गर्दै आउनुभएको छ  । कोरोना महामारीबाट मानिसहरु घरमा बसेर ज्यान जोगाइरहेका छन् भने हिरा भने-यो  संकटको घडीमा कोरोना सँग जुध्दै हरदिन आफूले सकेको र आफूले जुटाएको सहयोग दुखी गरीबको लागि उनले बाँड्दै  आइरहेकी छन्  । यो दुखीहरु को लागी सहयोग गरी रहन पाएकोले यो उत्कृष्ट क्षण भगवानले दिएको मानिसको चोलामा उनी अत्यन्त खुसी रहेर सहयोग गर्दै आइरहेकी छन्  । आफ्नो कामको लोभ मोह छाडेर गरीब दुखीहरु को लागी सेवा गर्नको लागि तल्लीन रहेकी छिन् । हिरा पण्डित ५००० (पाँच हजार-  बढी मानिसहरुलाई सहयोग गरेको बताउँदै पाण्डे अझैपनि सहयोग गर्न नसकेको बताउनुहुन्छ  ।  गन्तव्य नेपालले आयोजना गरेको एक कार्यक्रममा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको हातबाट कोरोना हिरो अवार्ड पाएकी  हिरा पाण्डे यो भन्दा पनि  जस्तोसुकै महामारी आएपनि सहयोग गर्न नथाक्ने बताउनुहुन्छ  । 

Spread the love