हिमालयन आनलाइन सर्भिस हन्सको नयाँ शाखा बिस्तार

दिपक न्यौपाने, काठमाडौ : २५ वर्षदेखिको ब्यान्डवीथ कनेक्सनमा भारतीय एकाधिकार समाप्त भएको र चीन इन्टरनेट संजाल औपचारिकरुपमै जोडिन थालेपछि नेपालमा हाल संचालनमा रहेका आई एस पि हरुले धमाधम आफ्नो सेवालाई फराकिलो पार्न शाखा कार्यलयहरु बिस्तार गरिहेका छन् । जसमध्ये इन्टरनेट सर्भिस प्रदायक कम्पनी हिमालयन आनलाइन सर्भिस हन्सको बल्खुमा सेल्स एण्ड सर्भिस सेन्टर बिस्तार भएको छ । केहि समय अघि टोखा मा शाखा कार्यलय बिस्तार गरेको भएतापनि अझै उपत्यकाका थुपै स्थानमा शाखा बिस्तार भै ग्रहकलाई सन्तुटि दिदै चुस्त रुपमा सेवा प्रदान गर्न लागीएको जनाइएको छ ।
आफ्नो सेवालाई फराकीलो पार्ने उदेश्यले बल्खु लगायत नेपाल भर शाखा कार्यलय बिस्तार भैरहेको जानकारी हिमालयन आनलाइन सर्भिसका मार्केटिङ्ग मेनेजर सन्जिव सिंहले दि पावर न्युज लाई जानकारी गराउनु भयो । कार्यक्रममा हन्सका सि.ई.ओ. हरिहर भण्डारीले नयाँ कार्यलय उद्घाटन गर्नु हुर्दै आफ्नो छोटो मन्तव्य राख्ने क्रममा आगामी दिनमा हन्स इन्टरनेटले गा्रहकलाई इन्टरनेट सेवामा सन्तुष्टि प्रदना गर्दै जाने कुरामा जोड दिनु भयो ।hons 123Himalayan online service hons

Spread the love