हिमालयन बैंकको एचविएल डलर प्रिपेड कार्ड

काठमाडौं : अन्तर्राष्ट्रिय भुक्तानीका लागि हिमालयन बैंकले एचविएल डलर प्रिपेड कार्ड ल्याएको छ। बैंकका अनुसार यस एचविएल कार्ड सुविधाबाट खातावालाहरुले भारत बाहेक अन्य देशहरुको ई–कर्मश साइटहरुबाट वर्षमा एक पटक वा पटक–पटक गरी पाँच सय डलर बराबर सम्मको वस्तु तथा सेवा खरिद गर्न सकिनेछ।  बैंकले खातावालले प्रति वर्ष पाँच सय डलर सम्मको बस्तु तथा सेवा किन्न सकिने प्रिपेड कार्ड ल्याएको हो।  सेवाका लागि बैंकका शाखा र मुख्य कार्यालय कमलादीमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ।

Spread the love