दशैको पहिलो दिन घटस्थापना

काठमाडौं : नेपालीको महान् चाड बडादशै सुरु भएको छ। दसैं‍ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गरि शुभमुहुर्तमा घडा स्थापना गरी जमरा राखिन्छ।  घटस्थापना र विजयादशमीका दिन टिकाका दुवै साइत १०.३५ बजे छ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । आजैदेखि दसैं‍ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । विशेषगरि शक्तिका लागि महाकाली, धनका लागि महालक्ष्मी र ज्ञानका लागि महासरस्वतीको आराधना गरिन्छ । अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ ।  विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।

Spread the love