हाब्रेको छालासहित २ जना पक्राउ

मिति २०७७.०९.२८ गते का.जि.का.म.न.पा. वडा नं.३ बसुन्धारा चोक स्थित सार्वजनिक सडक स्थानमा अबैध रुपमा दुर्लव वन्यजन्तुको आखेटोपहार ९ हाब्रेको छाला० ओसार पसार तथा विक्री वितरण गरिएको छ भन्ने सूचनाको आधारमामनप्र वृत्त महाराजगंजवाट खटिएको विशेष टोलीले  बेलुकी अं.१७   बजेको समयमा का.जि.का.म.न.पा. वडा नं.३ बसुन्धारा चोक स्थित सार्वजनिक सडक स्थानमा जय भण्डारी र जेनष सार्कीलाई अवैध आखेटोपहरा ९हाब्रेको छाला ० थान १, भिबो कम्पनीको मोबाईल थान१ र कालो निलो रङ्गको झोला थान १ सहित पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला डिभिजन बन कार्यालय, हात्तिसार काठमाण्डौमा पठाईएको छ ।

Spread the love