रक्सी खाएर हवाई उडान गर्ने पाईलट नेपालमा पक्राउ

दिपक न्यौपाने, काठमाडौँः मदिरा पिएर मातेका पाइलटले हवाई उडान गर्ने खोजेपछि आइतवार दुबई जान लागेको फ्लाई दुबईको जहाजलाई त्रिभुवन विमानस्थल प्रशासनले रोकिदिएको छ । उडाउन  रक्सी पिएर मातेका पाइलटले दुबईका लागि जान लागेको फ्लाई दुबईका जहाज उडाउन खोजेपछि विमानस्थल प्रशासनले उनीहरुलाई रोकेर नियन्त्रणमा लिएको छ । रक्सीले मातेको अवस्थाका पाइलटले जहाज उडाउन खोजेपछि चालक दलका अन्य सदस्यले दिएको उजुरीका आधामा उनलाई नियन्त्रणमा लिइएको छ । मातेका पाइलटलाई विमानस्थल प्रशासनले नियन्त्रणमा लिएपछि अर्का पाइलट दुबईबाट आएर लानुपर्ने भएको छ ।

Spread the love