भोलिदेखि रिङरोडमा बिजुली बस

दिपक न्यौपाने, काठमाडौ : चिनियाँ कम्पनी ‘बिएके’ले निर्माण गरेको भोलिदेखि रिङरोडमा बिजुली बस यातायातले संचालन गर्न लागेको हो। उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले बिजुली बस शुभारम्भ गर्ने संचालक सुरेश पोखरेलले जनाएका हुन । रिङ्गरोडमा र पछि अरु थपिएपछि रिङ्गरोड बाहेका सडकमा पनि बिजुली बस संचालनमा ल्याइने भएको छ । ४० सिट र ३० जना उभिएर यात्रा गर्न मिल्ने २ वटा बस र ३० सिट तथा २० जना उभिएर यात्रा गर्न मिल्ने २ वटा बस संचालन गर्ने तयारी गरेको छ। सुन्दर यातायातले ‘काठमाडौ सुन्दर कार्ड’ प्रयोगमा ल्याउँदै डीमा सिसी क्यामरा, जिपिएस, ह्याङ्गर लगायतको सुविधा रहनेछ।

Spread the love