लकडाउनको अवधिमा विद्युत महशुल पूरै छुट हुनसक्छ – उर्जामन्त्री

light, thepowernews, powernews

१३ चैत, काठमाडौं : प्राधिकरणको बोर्ड बैठक बसेर सबै ग्राहकलाई २० प्रतिशत महशुल छुट हुनसक्छ । इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई दिने भनिएको छुट अब नेपाल विद्युत प्राधिकरणका सबै ३६ लाख ५० हजार ग्राहकले पाउनेछन् ।
विद्युत महशुल छुटमा घरबेटी र डेरावाल सबै बराबरी हकदार हुने भन्दै कुनै घरधनीले डेरामा बस्नेसँग पहिलेकै दरमा महशुल उठाएमा सरकारले कारवाही गर्ने सक्ने सरकारले जनाएको छ । परिस्थिति हेरेर जनतालाई अधिकतम राहत दिन सरकारले लकडाउन अवधिभरको विद्युत महशुल मिनाह गर्न सक्ने नाएको छ । अहिले जनताले जति बिजुली उपयोग गरे पनि सरकारले दिन सक्ने भन्दै ग्यास चुल्होको प्रयोग घटाउन इन्डक्सन चुल्होमा छुट दिइएको मन्त्री पुनले बताए ।

Spread the love