उपत्यकामा भुकम्प पुनर्निर्माण अनुदान वितरणको तयारी

Nepal Earthquake And its Impact

२०७३, आश्विन १३: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले आंशिक क्षति पुर्‍याएको घरको रेक्ट्रो फिटिङ गर्न एक लाख पुर्‍याउने तयारी गरेकोछ । यस अघि ५० हजार रुपैयाँ मात्रै दिने निर्णय गरेको प्राधिकरणले  ५० हजार थपेर एक लाख दिने तयारी गरेको छ । त्यसभन्दा अघि दुई लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

  • घर भूकम्प प्रतिरोधि घर निर्माण भएको हुनुपर्ने छ
  • एक लाख ७ हजार घरको सर्वेक्षण सकिसकेको
  • सरकारले अनुदान दिनु पूर्व नै घर बनाउनेहरु करिब १० प्रतिशत
  • दुर्गम क्षेत्रको आधारमा २५ प्रतिशत सम्म भत्ताको व्यवस्था
  • हाल उपत्यका बाहिरका ११ जिल्लामा मात्रै अनुदान वितरणको काम भइरहेको

यो कामका लागि पनि थप ८० अर्ब रुपैयाको आवश्यकता पर्छ । थप हुन आउने अतिरित्त रकम कहाबाट जुटाउने भन्ने विषय भने अन्यौल छ ।

Spread the love