उजुरी त पर्‍यो कारवाहीचाहिँ कहिले ? – उजुरीमा पूर्वराजा ज्ञानेन्द्र देखि प्रधानमन्त्री केपी शर्मा ओली सम्म

donda kalin Issue

७ असार, दिपक न्यौपाने, काठमाडौ – व्यक्ति तथा सामुहिक हत्या, बलात्कार जस्ता जघन्य अपराधमा पूर्वप्रधानमन्त्रीदेखि पूर्वराजा ज्ञानेन्द्र समेतको संलग्नता दाबी गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजूरी परिरहेका छन् । एकअर्कालाई कारवाहीको माग गर्दै आयोगमा गत शुक्रबारसम्म ४० हजार उजुरी परेका छन् । योगमा परेका उजुरीमा आरोप लगाइएका व्यक्तिहरुमा पूर्वराजा ज्ञानेन्द्रदेखि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, पुष्पकमल दाहाल प्रचण्डसमेत छन् । सत्य निरुपण आयोगमा अहिले नै ४० हजार उजुरी परिसकेका छन् । थप गरिएको समयसम्म करिब ६० हजार उजुरी पुग्ने अनुमान गरिएको छ । आयोगको समयावधि २ वर्ष मात्रै छ । यस विषयमा स्रोत भन्छ, ‘सबै उजुरीमा कारवाही नै गर्ने हो भने समाजमा नयाँ तरिकाले द्वन्द्व उठ्छ, त्यसमा विवाद नै छैन । साथै आयोग पनि अर्को द्वन्द्वको कारक बन्नु हुँदैन ।’
तर, के यी उजुरीमाथि कारवाही होला ? पीडितले पनि उजुरी दिने तर सत्यतथ्य जुटाउन सक्दैन भने कारवाही अगाडि बढ्न सक्दैन । सत्यतथ्य नभई न्याय पाइँदैन भन्ने पनि पीडितले बुझ्नुपर्छ । ‘जस्तो बाँदरमुडेमा एउटा बस जान्छ, त्यसमा यति मान्छे चढेको हुन्छ, यसरी बमले उडाउने भनेर स्पष्ट निर्देशन दिएको छ भने त प्रचण्डलगायत नेता कारवाहीको भागिदार बन्नैपर्छ, यो प्रश्न यतिबेला बहसको विषय बनेको छ ।

कुन गल्तीमा कस्लाई के होला ?

– गाउँमा बलात्कार भएको छ भने…
– बाँदरमुढे घटनामा प्रचण्डलाई के हुन्छ ?
– चेपाङ्गको हत्यामा देउवाको संलग्नता !
– दोरम्बा काण्डमा के हुन्छ ?
– मरेका विरुद्ध पनि उजूरी ?
– गलत मान्छे विरुद्ध उजुरी छ भने के गर्ने ?
– भिडन्तमा मारिएकाको छानविन हुँदैन
– भाग्दै गरेकालाई मारिएको छ भने नि ?
यि दोषीलाई राज्यले कारबाही गर्ने के योजना बनाउदै छ ?

deepak neupane thepowernews
दिपक न्यौपाने, काठमाडौ

Spread the love