निर्वाचनपछि सार्न ट्रम्पको निर्देशन

आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनाव पछाडि सार्न वर्तमान राष्ट्रपति तथा आगामी चुनावमा उम्मेदवार डोनाल्ड ट्रम्पले सुझाव दिएका छन् । मतदाताहरुले उचित र सुरक्षित तरिकाले मतदान गर्ने अवस्था नआउन्जेलसम्मका लागि चुनाव पछाडि सार्न ट्रम्पले सुझाव दिएका हुन् । हुलाकबाट मतदान गर्दा जालसाजी हुने र कोरोनाभाइरसको महामारीका कारण सहजरुपमा चुनाव गराउन को लागी अप्ठ्यारो  परेकोले आगामी नोभेम्बरमा हुने निर्वाचन अलिपछि सार्नका लागि ट्रम्प मंजूर रहेका हुन् चुनावपछि सानाका लागि संसदबाट मन्जुरी आवश्यकता पर्छ । अमेरिकी संसदका दुबै सदनमा राष्ट्रपति ट्रम्पको कुनै प्रत्यक्ष अधिकार छैन । दुईसदनमध्ये एउटा डेमोक्र्याट्सको र अर्कोमा रिपब्लिकनको बहुमत रहेको छ ।

Spread the love