धादिङको लपाङमा बस दुर्घटना हुदा कम्तीमा १९ जनाको मृत्यु – १४ को काठमाडौंमा उपचार हुँदै

dhading-accidnet

dhading-bus-accidentडेभिड घले, धादिङ्: उत्तरी धादिङको मार्पाक गाविस स्थित लपाङफेदीमा भएको बस मिनि बस दुर्घटना हुदा कम्तीमा १९ जनाको मृत्यु – १४ को काठमाडौंमा उपचार हुँदै छ ।   बिहान ७ बजेतिर धादिङबेसीबाट २७ यात्रु बोकेर छुटेको बस बिहान साढे ११ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।  जिल्ला सदरमुकाम धादिङबेसीबाट विकट गाउँ किन्ताङफेदी जाँदै गरेको बा ३ ख ३३१८ नम्बरको ग्रामिण सडकमा चल्ने बंकर बस लपाङफेदीको जिरोकिलो भन्ने ठाउँको भीरबाट खसेको छ । बसमा सरकारले भूकम्प प्रभावितलाई उपलब्ध गराइएको पहिलो किस्तावापतको ५० हजार रकम लिएर घर फर्कँदै गरेका धेरै थिए ।

दुर्घटनामा दुई बालकसहित १३ पुरुष र छ महिलाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १४ जनालाई उद्धार गरी काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । माथिबाट पहिरो झरेर साँघुरिएको ठाउँबाट बस करिब दुईसय मिटर तल आँखुखोला नजिकै बगरमा पुगेको छ ।  धादिङबेसीबाट ३१ जनाको यात्रुको चलानी लिएर गाउँ हिँडेको बसमा छतमा समेत टनक्कै यात्रु हालेको थियो ।  दुर्घटनामा १९ जनाको मृत्यु भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।   बस सडकबाट करिब ३ सय मिटर तल आखुँ खोला तर्फ खसेको छ ।  

Spread the love