बम विस्फोटको प्रयास राज्यको सुरक्षा चुनौतीको बिषय हो – डेभिड घले

devid ghale of the powernews

डेभिड घले, काठमाडौ,  २०७३ असोज ४: विभिन्न बिद्यालयहरुलाइ लक्षित गरी राखिएको बम विस्फोटको प्रयास राज्यको सुरक्षा प्रतिको चुनौती हो। हिजो आवारा युवाहरु बिचको झगडा विकसित हुँदै गुन्डागर्दीमा परिणत भयो, अबैध रूपमा संचालित ब्यापार ब्यवसायहरु मार्फत राज्यको तर्फबाट प्रहरी अधिकारीहरु र गुन्डाहरु दुबै तिरबाट चन्दा तथा हप्ता असुली गर्ने कार्यहरु भयो, आजको दिनमा पनि यस्ता क्रियाकलापहरु चलिनैरहेका छ्न, हुँदा हुँदै प्रहरी अधिकारीहरुले गुन्डाहरुबाट पनि चन्दा असुल्ने कामहरु सुरु गरे र भनेको रकम नपाउने बितिकै पक्राउ गरि पटक पटक मुद्दा लगाउने र पत्रकार सम्मेलन मार्फत आफ्नो ख्यातिको लागि गुन्डा नाइके(ड्न) नाम दिने कामहरु भयो र हाम्रो समाजमा धेरै ड्नहरु देखिए, यसरी राज्यको विभिन्न सुरक्षा निकायहरु नै यस्ता कृयाकलापहरुमा फसेको छ भने, आम नागरिक ले कसरी सुरक्षित महसुस गर्न सक्छन??? शैक्षिक योग्यता र सीप क्षमता नभएका युवाहरुलाइ कसरी ब्यबस्थापन गर्ने राज्य संग के छ नीति ??? हिजो प्रचण्ड र बाबुरामहरुले मान्छे मार्ने नीति नै बनाए तर यो राजनीतिक स्वरुपको थियो, त्यस कारण अपराध भएन….धेरै युवाहरुको अभावलाई भुझेर फरक फरक सपना बाडेर निर्दोष युवाहरूलाई प्रयोग गर्ने र आफनो राजनितिक स्वार्थ पूरा गर्न खोज्नेहरुको कमि छैन हाम्रो देशमा, सबैलाई ठुलो हुनु छ यो देशमा असल कसैलाइ हुनु छैन, कामै नगरी नाम मात्र कमाउन चाहान्छन हाम्रो देशका बौद्धिक जमात अनि त्यसको निसाना बन्छ, अशिक्षित, बेरोजगार, जनजाति, निर्दोष युवाहरु…….greenvalley
गरिबीले चेपिएका युवाहरु आर्थिक प्रलोभनको कारण बम कान्डमा संलग्न भएको हुनसक्छ तर यी मानिसहरुको गिरफ्तारीले मात्र यस्ता आतंकबादलाई अन्त्य गर्न सम्भब छैन यसका योजनाकारहरु खुलेआम रेडियो, टिभीहरुमा अन्तरबार्ता दिएर घटनाको जिम्मेवारी लिइरहेका छन तर ती मानिसहरु रातरात चर्चित नेताको रुपमा स्थापित हुदैछन र प्रयोगमा परेका कमजोर मानिसहरु सजायको भागिदार बनिरहेका छन; मुख्य योजनाकारलाई लुकाउनकै लागि शङ्कास्पद ब्यक्तिहरुको पक्राउ हो भने राज्यले यस्तो नाटक तत्काल बन्द गर्नु पर्छ र यसको नाइके, नेताहरु पक्राउ गरि सार्बजनिक गर्नु पर्छ र सदाका लागि राज्य विरुद्धको अपराध निर्मुल गर्न अबिलम्ब पहलकदमी लिइनु पर्छ।

Spread the love