किन बढ्दैछ आत्महत्या गर्नेको संख्या ?

मानिसले चाहँदैमा मानवीय जीवन प्राप्त गर्न सक्दैन। अहिले कोरोना कहरका बीचमा पनि नेपालमा धेरै कारणले आत्महत्या गर्नेको संख्या थपिएको छ । आत्महत्या गर्नेको संख्या नेपालमा मात्र नभएर विश्वमै बढ्दै गएका समाचार आइरहन्छन्। कहिले कुनै समस्यालाई आधार बनाएर त कहिले कुनै बहानामा मानिसले आफूलाई हीनताबोध महसुस गर्छ । जीवनदेखि हार खाएर आत्महत्या गर्न बाध्य भएका घटनाहरूले बताउँछन्। धनी होस् या गरिब, शिक्षित होस् या अनपढ, आखिर आत्महत्याको बाटो रोज्न पुग्छ । अभावका कारण भन्दा पनि मानसिक स्थिति गुमाउनुको कारणबाट यस्ता घटना बढ्दै जान्छन्।

हरेक समस्याका समाधान हुन्छन्। समाधान नहुने समस्या नै हुँदैनन्। आत्महत्या व्यक्तिको मनोवैज्ञानिक, सामाजिक र व्यक्तिगत धारणाको उपज हो। व्यक्ति जीवनबाट विक्षिप्त र निरिह महसुस भएपछि यो बाटो रोज्छ। कहिले विद्यालयमा युवा झुण्डिएको त कहिले उपचार नपाएर, कहिले भोकै र कहिले रोजगारी नपाएर, बैंकको किस्ता तिर्न नसकेरलगायतका घटना भएका समाचार आए। कतिपय अवस्थामा तनावका कारण आत्महत्याको बाटो रोज्नेहरूका कथा पनि बाहिर आए।  आफ्नो मानसिक सन्तुलन गुमाएको हुन्छ।  किन मानिस आत्महत्या रोज्छ त ? केही मनोवैज्ञानिक, सामाजिक र व्यक्तिगत धारणा बुझ्ने कोसिस ग¥र्यौँ भने यस्ता घटना न्यूनीकरण हुँदै जानेछ। घर, समाज, आफन्त र राज्यको ठूलो कमजोरी अभाव होइन अपेक्षा हो।

Spread the love