दाङ राप्ती गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु

माटाको ढिस्कोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–४ डोलैखोलामा घर लिप्नलाई माटो लिन गएका वेला माटोको ढिस्कोले पुरेको थियो ।मृत्यु हुनेमा दाङ राप्ती गाउँपालिका–४ मौरीघाटका ३० वर्षीया श्यामकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी र चार वर्षीया रेजिना चौधरी छन् ।

Spread the love