काठमाडौं उपत्यकामा २९८ जना कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। काठमाडौंका १९० जना, भक्तपुरका ४१ जना र ललितपुरका ६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।  उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९८जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

Spread the love