कोरोना भाइरस निको भएका व्यक्तिमा पुन संक्रमण दोहोरियो

उपचारपछि उनी पूर्णरुपमा कोरोनामुक्त जापानमा एक व्यक्तिमा कोरोनाको संक्रमण दोहोरिएको हो । बीबीसी हिन्दीका अनुसार पूर्णरुपले कोरोना मुक्त भएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको थियो । तर केही समयपछि फेरि उनमा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।
उनी पहिले जस्तै सामान्य जीवन जिउन थाले । घरबाहिर निस्किए, भीडभाडमा जान थाले । त्यसैक्रममा ज्वरो आयो र फेरि उनी अस्पतालमा भर्ना भए । अस्पतालले उनमा फेरि पहिलेकै कोरोना भाइरस शरीरमा दोहोरिएको बताएर उपचार थालेको छ । कोरोना भाइरस संक्रमण पुष्टि भएका ७० वर्षीय एक व्यक्तिलाई टोक्योको एक अस्पतालमा उपचार गरिएको थियो । भए । अस्पतालले उनलाई डिस्चार्ज गरेपछि उनी आफ्नो घर फर्किए पनि ।

Spread the love