काठमाडौं प्रवेश गर्ने नाकामा स्वाब दिएका २४ जनामा कोरोना पुष्टि

१५ साउन, काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं प्रवेश गर्ने नाकामा संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नागढुंगा, फर्पिङ र साँगा नाकामा केही दिनयता संकलन गरिएको ३ हजार ४७३ स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको छ ।  निरन्तररुपमा संक्रमितको संख्या थपिदा यो हालसम्मकै एकै दिनको उच्च भएको बताइएको छ । केहिदिन एता   राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणमा काठमाडौंका ११ जना, र भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपाल प्रहरीको महाराजगञ्जस्थित प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २१ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा भेटिएको पछिल्लो २४ घण्टामा नेपाल प्रहरीका २३ जना रहेको बताइएको छ ।

Spread the love