काठमाडौं उपत्यकामा एकै दिन ५३ संक्रमित थपिए

काठमाडौं, १३ साउन : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५३ संक्रमित फेला परेका छन् । स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ६ जना र ललितपुरलका २ जनामा संक्रण्मा देखिदा शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा पछिल्लो केही दिनदेखि निरन्तररुपमा संक्रमितको संख्या थपिदा यो हालसम्मकै एकै दिनको उच्च भएको बताइएको छ । यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणमा काठमाडौंका ११ जना, र भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपाल प्रहरीको महाराजगञ्जस्थित प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २१ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा भेटिएको पछिल्लो २४ घण्टामा नेपाल प्रहरीका २३ जना रहेको बताइएको छ ।

असार २४ गते परिवारसहित भारतको बैंग्लोरबाट आएका उनी क्वारेन्टिनमा बसेका थिए । उनको स्वास्थ्यमा साउन १ गते केही समस्या देखिएको थियो, तर अस्पताल लैजानुको साटो क्वारेन्टिन स्थलमै झारफुक गरियो ।  पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार ३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ५३ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये ४८ जना काठमाडौं जिल्लाका छन् भने चार जना ललितपुर र एक जना भक्तपुरका छन् ।

Spread the love