भारतद्वारा पर्यटक भिसा १ महिनाका लागि निलम्बन

भैरहवा, २९ फागुन : भारत सरकारले भारतीय नागरिकहरुसहित अन्य देशका यात्रुहरुलाई अनावश्यक यात्रा नगर्न सल्लाह समेत दिएको भारतीय संचार माध्यमले जनाएका छन् । भारत सरकारले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस महामारी घोषणा गरेलगत्तै मार्च ११ (२०२०) वा सो भन्दा अघि प्रदान गरेका सबै पर्यटक भिसा र ई–भिसा निलम्बन गरेको जनाएको छ । स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेका र फेरि स्थलमार्गबाटै भारत भई आफ्नो देश फर्कनेको हकमा भने के गर्ने भन्नेबारे बताइएको छैन् ।


Spread the love