‘छिटोमा डिसेम्बर ११ सम्म अमेरिकनलाई भ्याक्सिन’

छिटोमा डिसेम्बर ११ सम्म अमेरिकनले भ्याक्सिन पाउनसक्ने अमेरिकन कोरोना भ्याक्सिन कार्यक्रम प्रमुख डाक्टर मोन्सेफ स्लाओईले बताएका छन् । एफडीएले स्वीकृत गर्न केहीसाता लगाउने अनुमान गरिएको छ । एफडीएका वैज्ञानिकहरुले भ्याक्सिन सुरक्षित र प्रभावकारी भए नभएको बारे निष्कर्ष निकाल्नेछन् । भ्याक्सिनले प्रयोगको स्वीकृति पाएको २४ घण्टाभित्र भ्याक्सिन लगाउने स्थलमा भ्याक्सिनका डोजहरु पठाइने उनले बताएका छन् ।  अमेरिकाको खाद्य तथा औषधी प्रशासनको सल्लाहकार समितिको बैठक डिसेम्बर १० मा बसेर भ्याक्सिनलाई स्वीकृति प्रदान गर्ने अपेक्षा गरिएको छ । स्वीकृति पाएको एक वा दुई दिनमा ११ वा १२ डिसेम्बरमा वितरण सुरु गरिने अमेरिकन कोरोना भ्याक्सिन कार्यक्रम प्रमुखले बताएका हुन् ।

अमेरिकन कम्पनी फाइजरले जर्मन कम्पनी बायो एनटेकसँग मिलेर बनाएको कोरोनाबिरुद्धको भ्याक्सिनको प्रयोगको स्वीकृतिका लागि शुक्रबार अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीए समक्ष आवेदन दिएको हो । यो संगै कोरोनाबिरुद्ध लड्न फाइजरको भ्याक्सिन डिसेम्बरका अमेरिकामा उपलब्ध हुने संकेत मिलेको छ । फाइजरको भ्याक्सिनको अन्तिम परीक्षण सफल भएपछि प्रयोगको स्वीकृतिका लागि आवेदन दिइएको हो । स्वीकृत भएमा प्राथमिकताका आधारमा अमेरिकामा भ्याक्सिन वितरण सुरु गरिनेछ । सुरुमा स्वास्थ्कर्मी, बृद्धबृद्धा र स्वास्थ्य समस्या भएकाहरुलाई भ्याक्सिन दिइने जनाइएको छ । त्यसपछि अत्यावश्यक कामदार, शिक्षक, होमलेस र कैदीबन्दीहरुलाई दिइनेछ । तेश्रो चरणमा बयस्क र बालबालिकाहरुलाई दिइनेछ ।

Spread the love