कोरोना त्रास- पारासिटामोल लगायत औषधि निर्यातमा प्रतिबन्ध

काठमाडौं : व्यवसायीका अनुसार कोरोना भाइरस संक्रमणका कारण अत्यावश्यक औषधि अभाव हुने अवस्था आएको छ। औषधिको कच्चापदार्थ आयात झन्डै एक महिनादेखि ठप्प छ।
क्टेरियाका हकमा चीनको हिस्सा अझ मजबुत छ। नेपालमा झन्डै ८० प्रतिशत कच्चापदार्थ चीनबाट आयात हुने गरेको व्यवसायी बताउँछन्। औषधि व्यवस्था विभागमा तीन सय ८४ वटा औषधि उद्योग दर्ता छन्। तर यी कुनै पनि एलोपेथिक औषधि उत्पादकका लागि नेपालमा कच्चापदार्थ उत्पादन हुँदैन। औषधिको रसायन र ब्याक्टेरिया उत्पादन चिनियाँ कम्पनीले गर्ने गरेका छन्।
कोरोनो भाइरस संक्रमण बढ्दै गएको भन्दै भारत सरकारले मंगलबार अपराह्न २६ किसिमका औषधि निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। पारासिटामोल लगायत औषधि निर्यातमा प्रतिबन्ध लगाउनुअघि भारतले उच्चस्तरीय समिति बनाएर चीनबाट आयात हुने अत्यावश्यक औषधिको सूची तयार पार्न लगाएको थियो।

Spread the love