एघारौ चितवन हात्ति महोत्सवको तयारी तीब्र

chitwan

काठमाडौं । तेस्रो पर्यटकीय गन्तव्य चितवनको पहिचानको रुपमा स्थापित चितवन हात्ति महोत्सव २०१४ को लागि तयारी तीब्र पारिएको छ । आगामी पुस ११ गतेदेखि १५ गतेसम्म आयोजना हुन लागेको ११औं चितवन हात्ति महोत्सवको लागि तयारी तीब्र पारिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका बन्य जन्तुहरुको संरक्षण, स्थानीय कलासंस्कृतिको जगेर्ना गर्ने तथा पर्यटन विकास गर्ने मुख्य उद्देश्यका साथ सन् २००४ देखि हरेक वर्ष क्षेत्रीय होटल संघ नेपाल, चितवनले उक्त महोत्सव आयोजना गर्दै आइरहेको छ ।
संयोजक पाण्डेका अनुसार यस वर्षको महोत्सवमा हात्ति दौड प्रतियोगिता, हात्तिको छाउराहरुको फुटबल प्रतियोगिता, हात्ति सुन्दरी प्रतियोगिता, टांगा रेस, गोरुगाडा प्रतियोगिता, डुंगा प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन गरिने छ । त्यससँगसँगै यस वर्षको महोत्सवमा नयाँ कार्यक्रमको रुपमा हात्तिहरुको बनबोज कार्यक्रम सञ्चालन गरिने छ । बनभोजमा हात्तिहरुलाई एकै ठाउँमा भेला पारेर मनपर्ने खाना खुवाइने छ ।
त्यसका साथै राष्ट्रिय ख्यातिप्राप्त कलाकार तथा स्थानीय कलाकारहरुबाट मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम पनि सञ्चालन गरिने छ भने स्थानीय कलासंस्कृति र झाँकी प्रदर्शनीसमेत गरिने छ । कार्यक्रमस्थलमा विभिन्न फुड स्टलहरु राखिने छ । फुडस्टलमा विशेषगरी थारुलगायतका स्थानीय जनजातिहरुको खानाका परिकारहरु राखिने बताइएको छ ।

Spread the love