चितवनबाट भागेका कोरोना संक्रमित नुवाकोटमा पक्राउ

काठमाडौँ – चितवनको आइसोलेशनबाट भागेका एकजना कोरोना संक्रमित नुवाकोटमा भेटिएका छन्। मंगलबार चितवनको आइसोलेशन सेन्टरबाट भागेका  कजना कोरोना संक्रमित नुवाकोटमा भेटिएका  बिहान नुवाकोटको बेलकोटगढी नगरपालिका–५ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीको चेकिङको क्रममा उनी फेला परेका हुन्। उनलाई नुवाकोटमै आइसोलेशनमा राख्ने तयारी भइरहेको छ। प्रहरीकाअनुसार उनी साइलक चढेर चितवनबाट नुवाकोट पुगेका हुन्।

 

Spread the love