चीनले सुरु गर्‍यो सिगात्से–केरूङ रेलमार्ग अध्ययन

नुवाकोट : सिगात्सेदेखि केरूङसम्म पाँच सय किलोमिटर  जोड्ने भनिएको सिगात्से–केरूङ रेलमार्गको विस्तृत अध्ययन थालेको छ ।  चीनले रसुवागढी केरूङसम्मको रेलमार्गको विस्तृत अध्ययन गरिरहेको कुरालाई नेपालमा पनि चासोका साथ हेरिएको छ । साढे २ वर्षभित्र केरूङ–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन सक्ने समझदारी गरेको थियो । रेलमार्ग बनाउन चीनले यसअघि नै पूर्वसम्भाव्यता अध्ययन गरिसकेको  यसपालि उनीहरूले विस्तृत इन्जिनियरिङ अध्ययन गरेको चिनियाँ पत्रकार सिवेईल सूचित गरेका छन् । चिनियाँ टेलिभिजन सिजिटिएनका पत्रकार सेन सिवेईले पछिल्लो समय चिनियाँ प्राविधिकहरूले उक्त रेलमार्गको अध्ययन गरिरहेका तस्बिर सार्वजनिक गरेका छन् । पछिल्लो समय सिगात्से–केरूङ रेलमार्गको विस्तृत अध्ययन गरिरहेकोबारे भने चिनियाँ पक्षले नेपाललाई औपचारिक जानकारी गराएको छैन ।

 

Spread the love