तातोपानी नाका ४ वर्षपछि फर्कियो

रसुवागढीलाई प्राथमिकता दिएपछि २०७१ सालमा सिन्धुपाल्चोकको जुरेमा भीमकाय पहिरो खसेपछि बन्द भएको तातोपानी नाका सञ्चालनमा रह्यो । नाका कहिल्यै नखुल्ने ‘हल्ला’ पनि भयो । नेपाल सरकारको पटक–पटकको आग्रहपछि चीन रणनीतिक महत्वको नाका खोल्न तयार भयो । अहिले नै पर्यटक ओहोर–दोहोर गर्न भने पाउने छैनन् । व्यापार मात्रै हुनेछ ।
वार्षिक २० अर्ब रुपैयाँको आयात र पौने ३ अर्ब रुपैयाँ बराबरको निर्यात भइरहेको तातोपानी नाका बन्द हुँदा नेपालले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको कारण चीनले तातोपानी नाका खोल्ने तत्परता देखाएपछि ४ वर्षपछि ओहोर–दोहोर गर्न नाका सञ्चालनमा चीन राजी भयो ।

Spread the love