हजरत मोहम्मद जयन्ती आज मनाइँदै

हजरत मोहम्मद जयन्ती आज मनाइँदै

२०७४ मंसिर १५ : इस्लाम धर्मका अन्तिम सन्दशेकर्ता समेत मानिने मोहम्मद जयन्तीका प्रवद्र्धक हजरत मोहम्मद मुस्तफा सल्लल्लाह अहैहिव सल्लमको जन्मजयन्ती आज मनाइँदैछ ।  आज मुश्लिम धर्मावलम्बीले बिशेष रुपमा मनाउने गर्छन् । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मोहम्मदको १ हजार ४ सय ३२ औँ जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै यसले सामाजिक सद्भाव वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । सरकारले आज मोहम्मद जयन्तिका अवसरमा सार्वजनिक बिदा  दिएको छ । मुश्लिम धर्मावलम्बीको लामो समयदेखिको माग सम्बोधन गर्दै सरकारले  पहिलो पटक सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन निश्पक्ष – परिबेक्षक अनिल सिलवाल

धादिङ : नेपाल युनेस्को संघ संस्था तथा क्लबहरुको राष्ट्रिय महासंघको टोली धादिङको शिद्दलेख गाऊँ पालिका, बेनिघाट रोराङ गाऊँ पालिका, निलकण्ठ नगरपालिका लगायतका स्थानहरुमा परिबेक्षणमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गरिएको परिबेक्षमा निश्पक्ष र धाधली रहित ढंगले सम्पन्न भएको जानकारी नेपाल युनेस्को महासंघका उपाध्यक्ष तथा परिबेक्षक श्री अनिल सिलवालले द पावर न्युज लाई जानकारी गराउनु भयो ।  परिबेक्षणको क्रममा   रमेश त्रिपाठी,  दिपक अधिकारी को पनि सहभागीता रहेको थियो ।
अमेरीकाका  जोन भिल्ले का मेयर Jeff Papa परिबेक्षण पछिको छलफल कार्यक्रमा सहभागी हुनुहुन्थ्यो , RCDP नामक संस्थाको कार्यक्रममा आएका पुर्व मेयर  Jeff Papa, उनका महिला सहकर्मी Kelly तथा RCDP का Coordinator  होम ओझा लगायतले निर्वाचन सौहार्द पुर्ण वातावरणमा सम्पन्न भएको बताउनु भयो ।
National election of nepal Nga_chhap-lagaune24059202_1873654382663247_1674583718561649055_n24059196_1873654242663261_1335298831960719598_n23843334_1873654245996594_1554129649650119864_n

UNESCO Nepal

UNESCO Nepal

https://www.youtube.com/watch?v=LcBdm7-nqF0

मुक्तिनाथमा स्थापित नेपालको सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्ति

बुद्ध नेपालमा जन्मेको सन्देश  फैलाउन  पवित्र स्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथमा स्थापित नेपालको सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्तिलाई रंग लगाएर अन्तिम रुप दिइएको छ । बौद्धधर्मालम्बीहरुको अमेरिका निवासी व्यवसायी सोनाम लामाको एकल पहल र लगानीमा बुद्धमूर्तीको स्थापना गरिएको हो । ३५ फिट अग्लो यो बुद्धमूर्ती एकबर्ष अगाडि मुक्तिनाथ लगेर स्थापना गरिएको हो । हिन्दुहरुले मुक्तिनाथलाई मुक्तिक्षेत्रका रुपमा लिइन्छ भने भगवान विष्णुको पावन क्षेत्रका रुपमा पुज्ने गरिन्छ । मुक्तिनाथमा स्थापना गरिएको बुद्धको मूर्ति काठमाडौंको पाटनमा निर्माण गरिएको हो ।  सतीदेवीको अंग पतन भएको शक्तिपीठका रुपमा समेत दर्शन गरिने मुक्तिनाथ क्षेत्रलाई बौद्धगुरु रिन्पोछे पद्मसम्भव तिब्बततिर यात्रा गर्ने क्रममा ध्यान गरेको पवित्र क्षेत्रका रुपमा लिने गरिन्छ । सन् २०१५ को अप्रिलमा नेपालमा आएको महाभूकम्पले बुद्धमूर्ति निर्माणको कामलाई समेत प्रभावित पार्यो । कालिगढहरुले बुद्धमूर्ति कुँदिरहँदा आएको भूकम्पले बनिसकेको मूर्तिलाई भत्काइदियो ।  पाटनबाट मुस्ताङको मुक्तिनाथमा मूर्ति ल्याउन सहज थिएन । त्यसैले निर्माण भइसकेपछि पनि मूर्ति मुक्तिनाथसम्म ल्याउन झण्डै ६ महिना लाग्यो । सन् २०१६ को मार्चमा १३ वटा मालबाहक ट्रकमा राखेर बुद्धमूर्ति मुक्तिनाथमा लगियो ।  बुद्धमूर्तिमा टाउकोमात्र पाँच फिट अग्लो रहेको छ । टाउकोको तौलमात्र झण्डै ५ हजार किलोको रहेको छ । टाउकोमाथि डेढ फिट अग्लो मुकुट रहेको छ । बुद्धमूर्तिको पाखुराको लम्बाई ९ फिट र चौडाई १८ इन्च रहेको छ । नेपालकै कलाकार र नेपालकै ढुंगाबाट परम्परागत शैलीमा छिना र हम्मरको प्रयोग गरेर मूर्ति बनाइएको हो । बुद्धमूर्ती निर्माण र स्थापनाको लागत २ करोड रुपैया भन्दा धेरै छ । buddha murti in mustang

buddha murti in mustang buddha murti in mustang

HURPES

पर्यवेक्षण पुस्तिका प्रकाशन – मानव अधिकार तथा शान्ति समाज

मानव अधिकार तथा शान्ति समाज : आसन्न निर्वाचन पर्यवेक्षण कार्यका लागि मानव अधिकार तथा शान्ति समाजले निर्वाचन पर्यवेक्षण पुस्तिका प्रकाशन गरेको छ । ४४ पृष्ठ लामो पुस्तिकामा पर्यवेक्षण निर्देशिका २०७४, पर्यवेक्षण आचार संहिता २०७४,  निर्वाचन आचार संहिता २०७४, मतदान पुर्वको पर्यवेक्षण विवरण फम्याट, मतदान पर्यवेक्षण विवरण र्फम्याट लगायतका सामग्री समावेश छ । शान्ति समाजका तर्फबाट पर्यवेक्षण गर्ने प्रत्येक राष्ट्रिय पर्यवेक्षकलाई परिचयपत्रसहित यो पुस्तिका उपलब्ध गराईने छ ।

थानापती मन्दिर निर्माणको जिम्मा पुरातत्त्व विभागलाई

भरतसन्तोषी,नुवाकोट : नुवाकोटको शिवपुरी ८ थानापतीमा रहेको थानापती मन्दिर निर्माणको जिम्मा पुरातत्त्व विभागले लिएको छ। २०७२को विनाशकारी महाभुकम्पले तहसनहस पारेको उक्त मन्दिर पुरातत्त्व विभागले तत्काल निर्माण सुरु गरेको स्थानीय सामाजिक युवा सन्जिब थपलियाले  द पावर न्युजलाई बताउनुभयो। गाउँको प्रमुख मन्दिरको रुपमा लिईने थानापती दामचन्द माला नामकरण गरिएको उक्त मन्दिर निर्माणका लागि पुरातत्त्व विभागले एक करोड छहत्तर लाख खर्च गर्नेछ।´अहिले काम धमाधम भैइरहेको छ।  निर्माण समितिका अध्यक्ष पदम थपलियाले भने,´तीन वर्ष भित्र निर्माण सम्पन्न हुनेछ।

23416352_2179591522066654_1542251037_n

हामी कुनै न कुनै देशमा जन्म लिएका जनता हौ हाम्रो परिचय खुल्ने प्रंमाण चाहियो

सुस्तामा बेलाबेला भारतीय अतिक्रमण र नेपालीमाथि दमन भएका खबर आइरहन्छन्। एकातिर नारायणी र अर्कातर्फ नेपाल–भारत सीमाका कारण बस्ती टापु बनेको छ। यहाँका बासिन्दा २०२२ सालदेखि ‘अनागरिक’ को पीडा भोग्न बाध्य छन्। २ सय ६५ घरधुरी रहेको टापु बस्ती सुस्तामा पुग्ने बाटो छैन। कि भारत भएर जानुपर्छ, कि त जोखिमपूर्ण डुंगाको यात्रा। तर भोट माग्न आउने नेताहरु ‘डुबानको राजनीति’ गरेर कहिल्यै थाक्दैनन्। ‘हामीलाई नागरिक भएको प्रमाण चाहियो,’ सुस्ता ५ का रामप्रित चमारले भने, ‘नागरिकता नभएकाले पतिपत्नी हौं भन्ने आधार भएन।’ नागरिकता अभावमा विवाह दर्ता भएन। सन्तानको जन्मदर्ता पनि सम्भव भएन भन्ने सुस्ता वासीको भनाई छ ।

अधिकांश मताधिकार प्रयोगबाट वञ्चित  यहाँका बासिन्दाले जमिनमा उब्जनी गरिरहेका छन्। ‘तर लालपुर्जा छैन, सुस्ताको सीमामा दशगजा र स्तम्भ छैनन्। त्यसैले यहाँ नेपाली भूमि कहाँसम्म हो, यकिन भएको छैन। भारतीय पक्षले आफ्नो भूमि भएको जनाउँदै बेलाबेलामा दु:ख दिने गरेको छ।  सुस्ताको सीमारक्षाका लागि ०२० सालमा रेन्जरसहित गएका ७ जना नेपालीको अवस्था अहिलेसम्म खुल्न नसकेको ,  ०४० सालमा भारतीय पक्षले आक्रमण गर्दा ४ स्थानीयको ज्यान गएको थियो। हामी कुनै न कुनै देशमा जन्म लिएका जनता हौ हाम्रो परिचय खुल्ने प्रंमाण हामीलाई दिनु प¥यो भन्ने सुस्ता वासीको माग रहेको हो

ग्रिनकार्ड लिंदा झुठो विवरण – खानलाई ३० महिना जेल र देशनिकाला

अमेरिकी अध्यागमनलाई ढाँटेको लगायतका कैयन अभियोग लागेका पाकिस्तानी नागरिक हजरत खालिद खानलाई अमेरिकी अदालतले ३० महिनाको जेल र देशनिकालाको सजाय सुनाएको छ । बोष्टनमा रहेका ११ वटा रेष्टुरेण्टको सन्दर्भमा उनी कर र बिमाछलीमा सहभागी भएका थिए ।  बोष्टनको संघीय अदालतले उनलाई अध्यागमन जालसाजी, करछली, विमाछलीको अभियोगमा सजाय सुनाएको हो । उनले ३० महिनाको जेलपछि १ बर्ष खुल्ला निरिक्षणमा रहनुपर्नेछ भने त्यसपछि उनलाई देशनिकाला गरिनेछ । आईआरएसलाई २३ लाख ४३ हजार १ सय ५५ अमेरिकी डलर जरिवाना तिर्नुपर्नेछ भने दुईवटा इन्सुरेन्स कम्पनीहरुलाई २७ हजार ८६३ डलर जरिवाना तिर्नुपर्नेछ । आइस र होमल्याण्ड सेक्युरिटीको अनुसन्धानले उनले गरेका विभिन्न अपराधहरु पत्ता लगाएको हो । खान बोष्टनमा रहेका ११ वटा फ्राइड चिकेन रेष्टेरेण्टका आंशिक मालिक समेत थिए । उनीहरुले कामदारहरुलाई नगदमा काम गराएर ट्याक्स फाइल गर्दा गलत विवरणहरु बुझाएका थिए ।

खानले नागरिकताको आवेदन दिंदामात्र नभई ग्रिनकार्ड लिंदा समेत गलत विवरण बुझाएको अदालतले ठहर गरेको छ । यसअगाडि पनि उनलाई संघीय अदालतले मानव तस्करीको अभियोगमा दोषी ठहर गरेको थियो भने उनी पक्राउ समेत परेका थिए । तर नागरिकताको आवेदन दिंदा उनले यो विवरण ढाँटेका थिए ।

हरिबोधिनी एकादशी देशभरका नारायण मन्दिरमा भीड

४ कात्तिक, काठमाडौं । तुलसी विष्णुप्रिया भएकाले सो दिन आज हरिबोधिनी एकादशी, तुलसीको पूजाअराधना गरी मनाइँदैछ । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । घरघरमा रहेका तुलसीको बोटमा पुजा गर्नाले मनले चाहेको बर प्राप्त हुने बिश्वास छ । काठमाडौँ उपत्यकाका चारनारायण भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण तथा ललितपुरको विशङ्खुनारायण, बुढानीलकण्ठ मा विशेष मेला लागेको छ ।

बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्न पनि उत्तिकै दर्शनार्थीहरुको भीड लागेको छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् ।  तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । आजको ठूलो एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

दिपावली सकिएसंगै तराई मधेसमा छठपर्वको रौनक

 दिपावली सकिएसंगै   तराई मधेसमा छठपर्वको लागि तयारी र चहलपहल सुरु भएको छ। । विधवित रुपमा भने मंगलवारदेखि नै छठ पर्वको रौनताकता तराईमा सुरु भइसकेको छ।   कात्तिक महिनाको शूक्ल पक्षको चौथी तिथीका दिनबाट विधिवत रुपमा सुरु हुने छठपर्व सप्तमी तिथीका दिनको बिहान सम्म गरि चार दिन मनाइन्छ।  दिपावली सकिएसंगै तराइ मधेसमा छठ पूजाको लागि चाहिने पूजन तथा प्रसाद सामाग्री , भाडाँवर्तन कपडालत्ता इत्यादिको किनमेल सुरु भइसकेको छ। तराई-मधेसमा बस्ने भोजपुरी र मैथीली भाषी हिन्दूको मुख्य पर्व नै छठ पूजा हो।यसपटक छठ पूजा कात्तिक नौ गते परेको छ  यस्तै नदी, तलाउ, पोखरी लगायतका जलाशय छेउमा छठी माताको मुख्य पूजा आरधना गरिने भएकाले ती स्थानहरुको सरसफाइ र सजावटको काम तीव्रगतिमा भइरहेको छ।

चुनावको जितसँगै दशैँको छुट्टै रौनक

प्रदेश नं. २ का आठ जिल्लामा भएको स्थानीय तहको चुनावमा जितसँगै दशैँको छुट्टै रौनक छाएको देखिएको छ । धार्मिक एंव पर्यटकीय नगरी जनकपुरधाममा विशेष तामझामका साथ दशैँ मनाइँदै छ । यो उत्सवलाई दुई दशकपछि स्थानीय तहका प्रतिनिधि चयनले थप विशेष बनाएको छ । यतिखेर जनकपुरमा दोहोरो खुशीको माहोल छ ।  शहरबजारमा आएर विभिन्न पेसा–व्यवसाय गर्दै आएका पनि दशैँ मान्न आफ्नै थातथलो फर्कने गरेकाले पनि किनमेल बढी हुने गरेको छ । त्यसैले व्यवसायीले अन्य बेलाको भन्दा दशैँका बेला निकै बढी व्यापार गर्ने गरेका छन् । यसले अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने गरेको छ ।

 जनकपुरमा दशैँको मुख्य आस्थाको केन्द्र रहेको राजदेवी मन्दिर सिङ्गारिएर झकिझकाउ बनाइएको छ । राजदेवी, बौद्धीमाई, आमरथाना अन्नपूर्णदेवी र दुर्गामन्दिर तथा चोकचोकमा देवी दुर्गाको प्रतिमा स्थापना गरिएको छ । रामानन्द चोक, भ्रमरपुरा चोक, मुरली चोक, कदम चोकमा पनि पूजा आयोजना गरिएको छ । आकर्षक पन्डाल र बिजुली बत्तीका कारण जनकपुर झिलिमिली बनेको छ । यहाँ क्लबले चन्दा संकलन गरी दुर्गा पूजामा लाखौँ खर्चंदै आएको छ । विजयादशमी शुरुसँगै यहाँका शक्तिपीठ आकर्षक रूपले सिङ्गारिने गरिन्छ ।   दशैँमा पूजापाठ र भव्य मेला आयोजना गर्न स्थानीय युवा क्लबले शक्तिपीठमा पण्डाल लगाएका छन् ।