अन्ततः गभर्नरमा डा.नेपाल

banking

अन्ततः गभर्नरमा डा.नेपाल

५ चैत काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. चिरञ्जीवी नेपाल नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले डा. नेपाललाई गर्भनर बनाउने निर्णय गरेको हो ।

गभर्नर छान्नका लागि  मन्त्रिपरिषद्ले गत फागुन १२ गते अर्थमन्त्री डा. रामहरण महतको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । सो सिफारिस समितिले डा. चिरञ्जीबी नेपाल र राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय गोपाल काफ्ले र महाप्रसाद अधिकारीको नाम गभर्नरका लागि सिफारिस गरेको थियो । सरकारले सिफारिस समितिले सिफारिस गरेमध्येबाटै नेपाललाई गभर्नरमा नियुक्ति गरेको हो । त पाएपछि करिब दुई हप्ताअघि उनले सल्लाहकार पदबाट राजीनामा दिएका थिए । डा. नेपाल निजी क्षेत्रमैत्री एवं खुला बजार अर्थतन्त्रका पक्षधर मानिन्छन् ।