बस दुर्घटनामा परी १९ जनाको मृत्यु

अर्घाखाँचीमा लु२ख २१४८ नंको बस दुर्घटनामा परी १९ जना मृत्यु भएको छ भने १८ घाइते भएको छ । जिल्ला प्रहरीका अनुसार सन्धिखर्कबाट बुटबलका लागि छुटेकोे बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको जानकार दिएको छ। दुर्घटनामा १७ को घटनास्थलमै र दुईको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु भएका १९ जना मध्ये ११ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १८ घाइते भएका मध्ये भैरहवामा सातको र नौको बुटवलमा उपचार भइरहेको छ । उपचारपछि दुई घर फर्किएका छन् ।  

Spread the love