यस वर्ष बिस्केट जात्रा नहुने


कोरोना भाइरस संक्रमणको जोखिमका कारण भक्तपुरमा हरेक वर्ष हुँदै आएको बिस्केट जात्रा र जिब्रो छेड्ने जात्रा यस वर्ष नहुने भएको छ । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बिस्केट जात्रा र जिब्रो छेड्ने जात्रा दुवै नहुने जानकारी दिइन् । यस वर्ष जात्रा नगर्ने र सामान्य पूजामात्र गर्ने निर्णय भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यी दुवै जात्रा यस वर्ष स्थगित गरिएको हो । प्रत्येक वर्ष चैत मसान्तमा बोडे महालक्ष्मी मन्दिर प्रांगणमा लिंगो ठड्याएपछि वैशाख २ गते जिब्रो छेड्ने जात्रा मनाइन्छ । बिस्केट जात्रा भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइन्छ ।

Spread the love