दाइजोमा मोटरसाइकल नल्याएपछि विमलादेवीको हत्या

महोत्तरी : २० वर्षीया विमलादेवी यादवले मोटरसाइकल दाइजो नल्याएको निहुँमा श्रीमती हत्या गरेको छ । आरोपमा पिपरा गाउँपालिका–१ का २५ वर्षीय बलेश्वर यादवलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । विमलादेवी यादवका श्रीमान र परिवारले दाइजोका लागि हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् । माइती पक्षले विमलाका श्रीमान, सासु, ससुरा र नन्दहरु मिलेर हत्या गरेको प्रहरीमा जाहेरी दिएका छन् । उक्त जाहेरी परेपछि विमलाका श्रीमान र ससुरा पक्राउका हुन् ।

Spread the love