भारतीय प्रहरीकै सहयोगमा आयात सुरु – भैरहवा नाकाबाट भित्रिए तेल ट्यांकर

Bhairahawa-Naka-2

१३ असोज, रुपन्देही –  बेलहिया नाका भएर २० वटा मालबाहक गाडी नेपाल प्रवेश गरिसकेका छन् । जसमा तीनवटा तेल ट्यांकर छन् ।  भैरहवाको बेलहिया नाकाबाट मालबाहक सवारी भित्रिन सुरु गरेका छन् । एक बुलेट ग्यास पनि नेपाल आएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाल भित्रिने गाडीलाई सुरक्षा घरेमा राखेर सीमासम्म ल्याएको छ । एसएसबीले सुरक्षा कडा पारेकाले सीमा क्षेत्रमा आन्दोलनकारीले कुनै अवरोध सिर्जना गर्न सकेका छैनन् ।

Spread the love