एन्टिबायोटिकको जथाभाबी प्रयोग बढेकोले नकरात्मक असर देखिदै

Antibiotic miss used in nepal

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोग अनुसार तल्लो तहका स्वास्थ चौकीदेखि ठूला अस्पतालहरुले समेत कुन कुन एन्टिबायोटिक सिफारिस गर्न पाउने भन्ने मापदण्ड तयार गरेकोको छ । नेपालमा पनि एन्टिबायोटिकको जथाभाबी प्रयोग बढेकोले यसप्रति सरकारले चिकित्सकहरुको सिफारिस विना फार्मेसीहरुले एन्टिबायोटिक विक्री गर्न नपाउने नियम ल्याउनु ढिलाइ भैसकेको फर्माकोलोजी बिशेषज्ञहरुले बताएका छन् ।  यो प्रवृत्तिले गर्दा एक दशकअघि राम्रो परिणाम देखाएको औषधिले अहिले त्यही रोगलाई नछुने अवस्था आएको छ । एन्टिबायोटिकहरुको व्यापक प्रयोग गरिँदा कतिपय संक्रामक जीवाणुहरुले त्यसमाथिको प्रतिरोधात्मक क्षमता अर्थात ‘एन्टिबायोटिक रेजिस्टेन्स’ विकास गरेको भन्दै विश्वव्यापी रुपमा चिन्ता व्यक्त हुँदै आएका छन् ।  नेपालमा सरसफाइ, नियमित खोप र औषधिको सही प्रयोगबारे जनचेतनाको कमीका कारण एन्टिबायोटिक रेजिस्टेन्स बढेको चिकित्सकहरु बताउँछन् । एन्टिबायोटिकको अनावश्यक प्रयोगले रोग निको पार्न अस्पताल जाने बिरामी उल्टै रोग थपेर फर्किनु परेको अवस्था सिर्जना भएकोप्रति सरोकारवालाहरु चिन्तित छन् । यस्तो विषम अवस्थाबाट मुक्त हुन चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक लगायतका औषधि सेवन गर्ने प्रवृत्तिको आजैबाट अन्त्य हुनुपर्ने उनीहरु बताउँछन् ।

Spread the love